Like us!
Follow us!
Connect us!
Watch us!
उद्घाटन गर्दै कृषिमन्त्री शाहले भनिन्- ‘एग्रिटेक प्रदर्शनीले कृषकहरूलाई प्रविधिमैत्री बनाउन सहयोग गर्छ’

पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी भरतपुरमा सुरु, कृषिमन्त्री साहले गरिन् उद्घाटन

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, १६ : ४७ मा प्रकाशित

पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी भरतपुरमा सुरु, कृषिमन्त्री साहले गरिन् उद्घाटन

मिडिया स्पेस सोलुसन्स र युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टसको आयोजनामा ‘पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आजबाट सुरु भएको छ।

प्रदर्शनी केन्द्र उद्घाटन गर्दै कृषि पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहले देशको समग्र अर्थतन्त्रको हिंसा ओगटेको कृषि प्रधान देश नेपालमा कृषिसँग सम्बन्धि प्रदर्शनीले निकै ठूलो महत्व राख्ने बताइन्।

उनले यस्ता प्रविधियुक्त प्रदर्शनीहरूले सामान्य किसानदेखि ठूलो परिमाणमा व्यवसायिक कृषिसँग काम गर्दै आएका कृषकहरूलाई परम्परागत कृषि प्रणालीबाट वैज्ञानिक कृषि प्रणालीमा लैजान महत्वपूर्ण भूमिका खेलेको बताइन्। 

उनले प्रदर्शनीमा रहेका अधिकांश कृषि सम्बन्धित स्टलहरूमा पुगी सम्बन्धित सरोकारवालाहरूसँग कृषिसँग सम्बन्धित उपकरणहरूबारे जानकारी लिएकी थिइन्।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरूका १ सय ५० भन्दा बढी स्टल राखिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको