Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीको नाफामा गिरावट, ईपीएस ३६.७२ रुपैयाँले घट्यो

अर्थ संसार

आइतबार, २९ माघ २०७९, ०६ : २६ मा प्रकाशित

हिमालयन डिष्टिलरीको नाफामा गिरावट, ईपीएस ३६.७२ रुपैयाँले घट्यो

हिमालयन डिष्टिलरी लिमिटेडले चालुु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्मा कम्पनीले २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.४१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड २७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १८ प्रतिशतले घटेर २ अर्ब ७६ करोड ८१ लाख रुपैयाँ पुर्‍याएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा ३ अर्ब ३७ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफामा दबाव पुगेको हो।

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ६० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । हिमालयनले ६० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ पुर्‍याएको छ । 

त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा ६४ करोड ७१ लाखबाट घटेर ४२ करोड ४६ लाख रूपैयाँ पुगेको छ । 

कम्पनीको खुद नाफा संगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७२ पैसाले घटेर २४ रुपैयाँ २२ पैसामा झरेको छ । समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९४ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको