हिमालयन डिष्टिलरी लिमिटेडको २५औं वार्षिक साधारण सभा अब केही दिनमै हुँदैछ। कम्पनीले यसअघि सार्वजनिक गरेको जानकारी अनुसार साधारण सभा आगामी कात्तिक ३० गते आइतबार (१६ नोभेम्बर २०२५) का दिन बिहान १०:०० बजे वीरगञ्ज महानगरपालिका–२१, लिपनिविर्ता स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्नेछ।
सभामा प्रस्तुत हुने प्रमुख एजेन्डा अन्तर्गत कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर र प्रति सेयर ५ रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै, कम्पनीले आगामी वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, आवश्यक परे नियमावली संशोधनको अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने, र अन्य सामान्य कार्यसूचीहरूमा पनि छलफल गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते (६ नोभेम्बर २०२५) का दिन सेयरधनी दर्ता किताव बन्द गरेको थियो। तसर्थ, कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई नामसारी पूरा गरेका सेयरधनीहरू मात्र सभामा भाग लिन र पारित हुने लाभांश पाउन योग्य भएका छन्।
सभा नजिकिँदै गर्दा कम्पनीले सेयरधनीहरूलाई समयमै उपस्थित रहन र सभामा निर्णय पारित गर्न योगदान दिन आग्रह गरेको छ। यो सभाबाट पारित हुने लाभांश वितरण प्रस्तावले लगानीकर्ताहरूका लागि महत्वपूर्ण प्रतिफल उपलब्ध गराउने अपेक्षा गरिएको छ।
हिमालयन डिष्टिलरी लामो समयदेखि देशकै प्रमुख मदिरा उत्पादक कम्पनीका रूपमा परिचित छ र यसले लगातार स्थिर आम्दानी तथा सेयरधनीहरूलाई आकर्षक प्रतिफल दिँदै आएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस