Like us!
Follow us!
Connect us!
Watch us!

को होला हिमालयन डिस्ट्रीलरीमा धाराप्रवाह सप्लाई दिने ?

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, ०६ : ४३ मा प्रकाशित

को होला हिमालयन डिस्ट्रीलरीमा धाराप्रवाह सप्लाई दिने ?

सेयरको भाउ घटोस् वा बढोस्, नेप्से परिसूचक उकालो लागोस् ओरालो, हिमालयन डिस्ट्रीलरीको सेयरमा एउटा ब्रोकरमार्फत धारा प्रवाह सप्लाई भइरहेको छ ।

विगत ६ महिनाको अवधिमा मात्रै ब्रोकर ५३ बाट साढे ८ लाख कित्ता भन्दा बढी सेयर बिक्री भइसकेको छ जबकि यस अवधिमा उक्त ब्रोकरबाट ३० हजार कित्ता सेयर पनि खरिद भने भएको छैन । यसरी लगातार सप्लाई दिइरहने कम्पनीकै प्रमोटर भएको लगानीकर्ताहरुको भनाई छ । कम्पनीको एक करोड १२ लाख २४ हजार ५९८ कित्ता सर्वसाधारण तथा एक करोड ५५ लाख ६३५ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत रहेको छ ।

हाइ क्याप भए पनि राम्रो मुनाफा कमाएर लोभलाग्दो लाभांश बाँड्ने गरेको कम्पनीले पछिल्लो समयमा भने खासै अपेक्षाकृत रिपोर्ट निकाल्न सकेको छैन । 

कम्पनीले केहि समय अगाडी निकालेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा मदिरा बिक्रीमार्फत २ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.५५ प्रतिशत घटेको हो । 

कम्पनीको खुद नाफा पनि व्यापक घटेको छ। यस आर्थिक वर्षको तेस्त्रो त्रैमास सम्म कम्पनीले २१ करोड ४ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। जुन गत वर्षको यसै अवधि सम्म कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा मात्रै ६३.५१ प्रतिशत घटेको अवस्था छ । 

खस्कँदो रिपोर्ट तथा निरन्तर सप्लाई आइरहँदा पछिल्लो समय लगानीकर्ताहरु भने हैरान बनेका छन् । न कम्पनीको वित्तीय अवस्था नै पहिले जस्तो आकर्षक न लगातारको सप्लाईले सेयरको भाउ बढ्ने दिने हुँदा लगानीकर्ताहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती दुखेसो पोख्न थालेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको