Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिस्टीलरीले गर्यो लाभांश घोषणा, बोनस र नगद दुबै दिने

अर्थ संसार

सोमबार, १८ मंसिर २०८०, ०९ : ५१ मा प्रकाशित

हिमालयन डिस्टीलरीले गर्यो लाभांश घोषणा, बोनस र नगद दुबै दिने

हिमालयन डिस्टीलरीले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर १७ गते आइतबार सम्पन्न संचालक समितिको बैठकले  गत आर्थिक आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव अगाडी सारेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत  बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।  यस लाभांशलाई कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन । 

कम्पनीले पुस २५ गते बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात पुस  १२ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन। 

656d513fe7ff0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको