Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, २९ माघ २०७९, ०७ : ०५ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी कति ?

नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा सामान्य बृद्धि आएको देखिन्छ ।

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ११ करोड २ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २.६४ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १० करोड ७३ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि २.६४ प्रतिशतले बढेर १६ करोड ४९ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १७ करोड ४ लाख ५३ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ५.९९ प्रतिशतले बढेर १९ करोड ८८ लाख ३० हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा ६४ करोड ४५ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस( बढेर ८६ रुपैयाँ ४५ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ ३५२ रुपैयाँ ७७ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

63e83f2714cba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको