Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आयोगले भन्यो – ‘उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहपूर्ण’

बुधबार, २१ भदौ २०७४, १३ : ०६ मा प्रकाशित

निर्वाचन आयोगले भन्यो – ‘उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहपूर्ण’

अर्थ संसार, काठमाडौ–स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्णरुपमा भइरहेको छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० बाट प्राप्त जानकारी अनुसार ती जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ताका लागि फाराम लैजाने र मनोनयन दर्ता गराउने कार्य भइरहेको छ ।

बिहान १० बजेदेखि आठ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका कार्यकता तथा उम्मेदवारको सहयोगी र समर्थकको बाक्लो उपस्थितिमा उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्णरुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी दर्ता गराउन फारम लिने र दर्ता गर्नेको निर्वाचन अधिकृतको कार्यालयअगाडि बिहानदेखि नै भीड लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ताका लागि फारम लैजाने र मनोनयन दर्ता गराउने कार्य सुचारु ढङ्गबाट भइरहेको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनको समय तोकिएको हो ।

आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । यस निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको