Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकको ५ वर्षे ‘ग्लोबल आइएमई बैंक डिवेन्चर’ निस्काशन

अर्थ संसार

सोमबार, ०१ फागुन २०७९, १० : २९ मा प्रकाशित

ग्लोबल आईएमई बैंकको ५ वर्षे ‘ग्लोबल आइएमई बैंक डिवेन्चर’ निस्काशन

ग्लोबल आइएमई बैंक लिमिटेडले ५ वर्ष अवधिको '११.२५ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५'निस्कासन गरी बिक्री खुला गरेको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँप्रति ऋणपत्र अंकित मूल्यका ५० लाखकित्ता ऋणपत्र माघ २९ गते देखि निस्काशन गरेको हो ।

निस्काशन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाखकित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्नेछ ।

सर्वसाधारणलाई निस्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाखकित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । जसमध्ये बिक्री हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्री गरिनेछ । यसर्थ सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋणपत्र खरिद गर्न सक्नेछन् ।

बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

ऋणपत्र निस्कासन तथा बिक्री छिटोमा फाल्गुन ३ गते गते र ढिलोमा फागुन १४ गतेसम्म बन्द हुने गरी तोकिएको छ । ग्लोबल आईएमई बैंक लिमिटेडको यस ऋणपत्रको अवधि ५ वर्षको रहेको छ । वार्षिक ११.२५% का दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ । 

बैंकले ऋणपत्रको निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेडलाई तोेकेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवं तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको