Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफा घट्यो

अर्थ संसार

सोमबार, ०१ फागुन २०७९, १५ : ४१ मा प्रकाशित

प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफा घट्यो

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो तथ्यांक गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४३.२४ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि २१.४३ प्रतिशतले घटेर २० करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २६ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत ७ करोड ९० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट २ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी १ अर्ब १८ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २८ करोड ५९ लाख रुपैयाँ, बीमा कोषमा ६९ करोड ८९ लाख रुपैयाँ महाविपत्ती कोषमा २ करोड ६८ लाख रुपैयाँ सञ्चित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको