Like us!
Follow us!
Connect us!
Watch us!
सुरुमा अब ५०० रुपैयाँ मात्रै

१५ सय रुपैयाँ जरिवाना गर्ने नियमबाट पछि हट्यो सरकार

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, १० : २२ मा प्रकाशित

१५ सय रुपैयाँ जरिवाना गर्ने नियमबाट पछि हट्यो सरकार

ट्राफिक प्रहरीले नियम मिच्दा वृद्धि गरेको जरिवाना शुल्क फिर्ता लिएको छ। यसअघि ५०० रुपैयाँ रहेको जरिवाना शुल्क गत पुस ३ गतेदेखि लागु हुने गरी १ हजार पाँच सय रुपैयाँ कायम गरिएको थियो।

तर, यसको चौतर्फी विरोधपछि यातायात व्यवस्था विभागले बढाएको जरिवाना न्यूनतम पाँच सय रुपैयाँ नै कायम गर्न हिजो (सोमबार) काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई परिपत्र गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जरिवाना रकम पहिले कै कायम गर्न गत आइतबार सचिवस्तरीय बैठक बसि निर्णय गरेको थियो। उक्त बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएको जनाइएको छ। 

सोही अनुसार ट्राफिक प्रहरीले पनि उक्त शुल्क घटाएको हो। कानुनविपरीत बढेको जरिवाना खारेज गर्न माग गर्दै यातायात मजदुर तथा व्यवसायीहरु आन्दोलित भएपछि सरकार जरिवाना बढाउने निर्णयबाट पछि हटेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको