प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्योगीले भोग्नुपरेको उच्च ब्याजदरको समस्या समाधानका लागि सरकारले पहल गर्ने बताएका छन् ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आज (मंगलबार)देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा परेको पुFजी अभाव लगायत समस्यालाई पनि सरकारले समाधान गर्ने आश्वासन दिए ।
महोत्सवलाई सम्बोधन गर्दैदाहालले भने ‘लघु, घरेलु तथा साना उद्योग दर्ता र नवीकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिस्टार समेतमा कागजात तथा राजस्व बुझाउनुपर्ने झन्झटिलो व्यवस्थाले व्यवसायमैत्री वातावरण नबनेकोप्रति सरकारको ध्यानाकर्षण भएको छ, त्यसबारे उचित समाधान खोजिनेछ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस