Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, १५ : १३ मा प्रकाशित

नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट

आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से १३.९० अंकले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा बन्द भएको हो । मंगलबार पनि नेप्से १६.४० अंकले घटेर दुई हजार एक सय ५ दशमलव ४६ विन्दुमा बन्द भएको थियो । 

आज नेप्सेमा एक अर्ब ७३ करोड २५ लाख बराबरको कारोबार भएको हो । त्यस्तै, आज नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ३७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको