Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, ०६ : १५ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

अपि पावर कम्पनी लिमिटेड लिमिटेडको ७.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ६६ रूपैयाँ ५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ सय ८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१.७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार ३ सय १० रूपैयाँ ३६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ३ हजार ७ सय ३७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको