Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिन म्याद थप

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, ११ : २५ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिन म्याद थप

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले माघ २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा निकषशन गरेको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४र८५’ मा अब फागुन १४ गतेसम्म आवेदन दिन सकिने भएको छ।
 
बैंकले माघ २९ गतेदेखि प्रति कित्ता १ हजार रुपैयाँ अंकित मुल्याम्मा ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गरेको थियो। बैंकले उक्त ऋणपत्रमा आवेदन दिने म्याद  फागुन ३ गतेसम्म थियो।  तर तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा फागुन १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था अनुसार ऋणपत्र भर्ने म्याद लम्बिएको क्यापिटलले जनाएको छ।

यसैगरी बाँकी २० लाख इकाइमध्ये बैंकले सामूहिक लगानी कोषलाई १ लाख इकाइ ऋणपत्र छुट्याएको थियो। जसमा ७० हजार इकाइ लागिमात्रै आवेदन परेको थियो। त्यसैले बाँकी ३० हजार इकाइसहित १९ लाख ३० हजार इकाइ बैंकले सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।

यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ। यसमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम १० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको