Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबीएल एस क्यापिटलको आयोजनामा लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, १४ : ११ मा प्रकाशित

एनआईबीएल एस क्यापिटलको आयोजनामा लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा डियरवाक ग्रुप लिमिटेड अन्र्तगत रहेका डियरवाक कम्पवयर लि. र सिफल स्कुल लि. मा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भएको छ । 

उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजार बारे संचिप्त जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्डको बारेमा र खुलामुखी योजना अन्र्तगत रहेको व्यवस्थित लगानी योजना ९क्क्ष्ए० सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो । 

यसै कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा संचिप्त छलफल भएको थियो । उक्त कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरीएको थियो । यस प्रकारका कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिबृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटल लिमिटेडले लिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको