Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोपावर घाटामा, विद्युत बिक्री आम्दानी १५ करोड ७६ लाख

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, १२ : १५ मा प्रकाशित

बलेफी हाइड्रोपावर घाटामा, विद्युत बिक्री आम्दानी १५ करोड ७६ लाख

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनी घाटामा रहेको छ । 

खुद घाटा 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार समिक्षा अवधिसम्ममा कम्पनी १० करोड २६ लाख २० हजार रुपैयाँ घाटामा रहेकाे छ । गत वर्षको यसै अवधिसम्ममा कम्पनी ४ लाख ८९ हजार रुपैयाँ घाटामा रहेकाे थियो । 

विद्युत् बिक्री आम्दानी

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १५ करोड ७६ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले विद्युत् उत्पादन नै सुरु गरेको थिएन ।

चुक्ता पूँजी

हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ ।

जगेडा काेष

कम्पनीको जगेडा कोष १९ करोड ६५ लाख रुपैयाँले ऋणात्मक छ ।

प्रतिसेयर आम्दानी (ईपीएस)

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ६१ पैसा नोक्सानीमा रहेको छ । 

प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ २५ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको