Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोपावर: आजदेखि हकप्रद सेयरमा लगानी गर्ने मौका

अर्थ संसार

विहीबार, २७ मंसिर २०८१, ०८ : १७ मा प्रकाशित

बलेफी हाइड्रोपावर: आजदेखि हकप्रद सेयरमा लगानी गर्ने मौका

बलेफी हाइड्रोपावर लिमिटेडले आज मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्काशन र बिक्री प्रक्रिया सुरु गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने योजना बनाएको छ।

कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। यसका लागि कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो, जसअनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

हकप्रद सेयरमा आवेदन दिनको लागि म्याद पुस १७ गतेसम्म रहनेछ।

रेटिङ्ग

हकप्रद निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

आवेदन प्रक्रिया

कम्पनीको सेयर निष्काशन र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ।

योजनाहरू

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ, र हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ। यस रकमबाट कम्पनीले बैंक ऋणको आंशिक भुक्तानी, प्रबद्र्धकबाट लिएको ऋण पूर्ण रूपमा भुक्तानी गर्ने, र ठेकेदार तथा बिक्रेताहरुको भुक्तानी गर्न योजना बनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको