Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोपावरको १००% हकप्रद सेयर निष्कासन मंसिर २७ देखि खुला हुने

अर्थ संसार

मंगलबार, १८ मंसिर २०८१, ०७ : ३८ मा प्रकाशित

बलेफी हाइड्रोपावरको १००% हकप्रद सेयर निष्कासन मंसिर २७ देखि खुला हुने

बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि आफ्नो चुक्ता पूँजीको १००% अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १ कित्ता सेयरधनीले १ कित्ता नयाँ शेयर पाउने गरी प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर जारी गर्नेछ।

आवेदनका लागि बुकक्लोज

कम्पनीले हकप्रद सेयर जारी गर्न कात्तिक २१ गते बुकक्लोज गरिसकेको छ। कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति पुस १७ गतेसम्म तोकिएको छ।

रेटिङ्ग र वित्तीय जोखिम

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बलेफी हाइड्रोपावरलाई IRN Double B Issuer Rating प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

बिक्री प्रबन्धक र आवेदन स्थान

बलेफी हाइड्रोपावरको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईएमबी एस क्यापिटलका कार्यालयहरूसँगै कुमारी बैंकको जलविरे र जुगल शाखाबाट आवेदन दिन सक्नेछन्।

सी–आस्वा र मेरो शेयरबाट आवेदनको सुविधा

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा विकास गरिएको मेरो शेयर सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका बैंक तथा वित्तीय संस्थाका शाखाहरुबाट सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सकिन्छ।

हकप्रदबाट उठेको रकमको उपयोग

हकप्रदबाट उठेको रकम निम्न कार्यहरुमा प्रयोग गरिनेछः

  1. परियोजना निर्माणका क्रममा लिइएको १ अर्ब ४० करोड बैंक ऋणको आंशिक भुक्तानी।
  2. प्रबर्द्धकबाट लिएको ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ ३९ पैसाको सम्पूर्ण भुक्तानी।
  3. ठेकेदार र आपूर्तिकर्ताहरुलाई तिर्न बाँकी १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ ६१ पैसाको भुक्तानी।

चुक्ता पूँजीमा बृद्धि

हाल बलेफी हाइड्रोपावरको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ। हकप्रद निष्कासन र बाँडफाँट पश्चात यो रकम ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको