उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका छन्। आज (शुक्रबार) कैलालीमा पार्टी कार्यक्रममा सहभागी हुँदै उनले सात दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन्।
उनले राष्ट्रपति र उपराष्ट्रपति लगायतका विषय पूर्व सहमति अनुसार टुंगो लाग्नेसमेत दाबी गरेका छन् । उनले मुलुकलाई आर्थिक रुपमा अगाडि बढाउँदै संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘नेपाली राजनीतिमा हल्ला धेरै चल्छ। हल्ला एकातिर चल्छ घटनाक्रम अर्कोतिर चल्छ। हल्लामा विश्वास नगर्नका लागि अनुरोध गर्दछ। यो नीतिगत र कार्यक्रमगत रुपमा सहयात्रा बनिरहेको छ। यो काँचो धागोमा अडिएको सहयात्रा होइन। यो सहयात्रा पाँच वर्ष चल्छ। राष्ट्रपति र उपराष्ट्रपति लगायतमा भएको पूर्वसहमति अनुसार कार्यान्वयन हुन्छ। राष्ट्रका सबै दलहरु मिल्ने विषय राम्रो कुरा हो ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस