Like us!
Follow us!
Connect us!
Watch us!

घटेकाे बजारमा यी हुन् यस साता सबैभन्दा बढी मूल्य बढ्ने १० स्टक, कुनकाे कति बढ्याे ?

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, १७ : ४४ मा प्रकाशित

घटेकाे बजारमा यी हुन् यस साता सबैभन्दा बढी मूल्य बढ्ने १० स्टक, कुनकाे कति बढ्याे ?

यस साता नेप्से परिसूचक ११२.२२ अंकले घटेर २०७०.४१ विन्दुमा झरेकाे छ । नेप्से ५.१४ प्रतिशतले घटेकाे हाे । यस साता नेप्से परिसूचक मात्रै नभएर अन्य प्रमुख सूचकहरू पनि ओरालो लागेका छन् । याे साता काराेबार रकम अघिल्लाे साताकाे तुलनामा ३४ प्रतिशतले घटेकाे छ । यतता बजार पूँजीकरण पनि ५.१ प्रतिशतले घटेकाे छ ।

काराेबार हुने कुल १३ उपसमूहमध्ये यस साता सबै उपसमूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ । त्यसपश्चात् धेरै घट्नेमा हाइड्राे समूह रहेकाे छ । 

यस साता सबैभन्दा धेरै नाफा कमाउनेकाे सूचीमा सानिमा लार्ज क्याप फण्डका लगानीकर्ता अग्र स्थानमा छन् । साताभरमा फण्डकाे मूल्य ११.२३ प्रतिशतले बढेर प्रतिइकाई ९ रूपैयाँ एक पैसामा पुगी बन्द भएकाे छ ।

राप्ती हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ता सर्वाधिक नाफा कमाउनेकाे दाेश्राे सूचीमा छन् । सात दिनकाे अवधिमा कम्पनीकाे सेयरमूल्य ९.०९ प्रतिशतले बढेर प्रतिकित्ता ३ सय ४२ रूपैयाँ पुगेकाे छ ।

त्यस्तै, सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीकाे तेश्राे नम्बरमा युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य ८.९५ प्रतिशतले बढेर २० हजार ७ सय रूपैयाँ पुगेकाे छ । 

त्यसपश्चात् धेरै मूल्य बढ्ने अन्य कम्पनीहरूमा क्रमश : सामलिङ्ग पावर कम्पनी लिमिटेड, बाराही हाइड्राेपावर कम्पनी लिमिटेड, एभरेष्ट बैंक ॠणपत्र २०८६, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड, बीओके डिबेञ्चर २०८६, नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४ र नेपाल बैंक डिबेञ्चर २०८७ रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको