Like us!
Follow us!
Connect us!
Watch us!

यो सत्ता समीकरणको जन्म हुँदा नै एमालेको जन्मकुण्डलीमा राष्ट्रपति लेखिएको थियो : ओली

अर्थ संसार

आइतबार, ०७ फागुन २०७९, १३ : ४४ मा प्रकाशित

यो सत्ता समीकरणको जन्म हुँदा नै एमालेको जन्मकुण्डलीमा राष्ट्रपति लेखिएको थियो : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन् । आज (आइतबार) विराटनगरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यो सत्ता समीकरणको जन्म हुँदा नै एमालेको जन्मकुण्डलीमा राष्ट्रपति लेखिएको दाबी गरेका हुन् ।

मिडियामा नाम आएजस्तो अहिले आफूले उम्मेदवारको नाम लिन नचाहेको र १३ गतेमात्रै उम्मेदवारको नाम दिने उनले बताए । ‘हामीले जो उम्मेदवार बनाउँछौं त्यही राष्ट्रपति बन्छ। मैले अहिलेसम्म कसैको नाम लिएको छैन। मैले १३ गते नाम लिन्छु,’ उनले भने ।

पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुसँग गरेको सहकार्यका प्रस्तावका बारेमा बोल्दै उनले पूर्वराजालाई पुरानो यादले झस्काएको बताए । पूर्वराजालाई दुईचार जनाको समर्थनले हौंस्याएको उनको बुझाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको