नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) १५ अर्बकाे ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे विभिन्न दुई वटा विकास ऋणपत्र सूचिकृत भएको हो ।
जसमध्ये, २०८४ 'झ' नामकाे ८ अर्ब रूपैयाँ बराबरकाे र २०८४ 'ञ' नामकाे ७ अर्ब रूपैयाँ बराबरकाे गरी कुल १५ अर्बकाे विकास ऋणपत्र सूचिकृत भएको छ ।
नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, काे विनियम ८ अनुसार उक्त ऋणपत्रहरू सूचिकृत गरेकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस