Like us!
Follow us!
Connect us!
Watch us!

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँड, ८ जनाले पाए ११ कित्ता सेयर

अर्थ संसार

बुधबार, १० फागुन २०७९, ०८ : ०१ मा प्रकाशित

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँड, ८ जनाले पाए ११ कित्ता सेयर

आत्मनिर्भर लघुवित्त वित्तिय संस्था लिमिटेडले पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ । उक्त आईपीओ हिजो फागुन ८ गते बाँडफाँड गरिएको हो । 

संस्थाले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको २ लाख ३ हजार ३८० कित्ता सेयरको १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई माघ १६ गतेदेखि निष्कासन गरिएको थियो ।

रितपुर्वक आवेदन दिने २०३३ जना आवेदकलाई समान १० कित्ताका दरले २० हजार ३३० कित्ता सेयर बाँडफाँड गरिएको छ भने २० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरु मध्यबाट थप ८ कित्ता सेयर वितरण गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीकाे आईपीओकाे हेर्न सिडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट iporesult.cdsc.com.np, बिक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेडकाे वेबसाइटबाट सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको