आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
खुद नाफा घट्यो
आत्मनिर्भरको खुद नाफा गत वर्षको तुलानामा घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमास सम्म १ करोड ३९ लाख रुपैयाँ कमाएको कम्पनीको नाफा यो वर्ष घटेर ४ करोड ८६ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७१.२६ प्रतिशत कम हो।
खुद ब्याज आम्दानी बढ्यो
असार मसान्त सम्म कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ। कम्पनीको ब्याज आम्दानी ३.५७ प्रतिशतले गत वर्षको तुलनामा बढेको छ। गत वर्ष ११ करोड ९५ लाख कमाएको कम्पनीले यस वर्ष १२ करोड ३८ लाख कमाएको छ। तेस्तै अन्य सञ्चालन आम्दानी ३.६२ प्रतिशत बढेको छ भने लघुवित्तको कुल सञ्चालन आम्दानी ३.५८ प्रतिशत बढेको छ।
निष्क्रिय कर्जा उल्लेख्य बढ्यो
समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ७.५८ प्रतिशतबाट बढेर १३.२२ प्रतिशत पुगेको छ। जसका कारण १७ करोड ६४ लाख रुपैयाँ प्रोभिजन गरिएको छ।
प्रोभिजनको असर सञ्चालन मुनाफा
प्रोभिजनको असर लघुवित्तको सञ्चालन मुनाफामा देखिएको छ। संचालन मुनाफा ८ करोड ६१ लाख रुपैयाँ ऋणात्मक छ।
प्रति सेयर आम्दानी
२० रुपैयाँ ३७ पैसामा (अघिल्लो वर्ष ७७ रुपैयाँ ९७ पैसा रहेको)
मूल्य आम्दानी अनुपात
१३३.७७ गुणा
चुक्ता पूँजी
६ करोड ८५ लाख रुपैयाँ
जगेडा कोष
१९ करोड ८७ लाख रुपैयाँ सञ्चित
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस