Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको लिलामी सेयर भर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, ११ : ०४ मा प्रकाशित

कुमारी बैंकको लिलामी सेयर भर्ने आज अन्तिम मौका

कुमारी बैंक लिमिटेडले माघ २६ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (फागुन ११ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंककाे नाममा रहेकाे २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेकाे थियाे । बैंककाे उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम १३८ रुपैयाँ तोकिएको छ । इच्छुक आवेदकले न्युनतम १३८ रुपैयाँ वा त्यो भन्दा बढिमा आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, लगानीकर्ताले सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलकाे कार्यालय कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन फागुन १४ गते बिहान ११ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिने पनि क्यापिटलले जानकारी दिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको