Like us!
Follow us!
Connect us!
Watch us!

बुधबारकाे वृद्धि नेप्सेमा टिकेन, लघुवित्तले गर्दा व्यापक गिरावट

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, १५ : ०६ मा प्रकाशित

बुधबारकाे वृद्धि नेप्सेमा टिकेन, लघुवित्तले गर्दा व्यापक गिरावट

आज (बिहिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भारी गिरावट देखिएकाे छ ।

आज नेप्से ५७.७४ अंकले घटेर दुई हजार २२ दशमलव ६४ विन्दुमा बन्द भएको हो। हिजो (बुधबार) भने नेप्से ३३.५७ अंकले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा बन्द भएको थियो । 

आज नेप्सेमा दुई अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

लघुवित्त समूह नराम्ररी घट्दा त्यसकाे प्रभाव नेप्से परिसूचकमा पनि परेकाे छ । आज अधिकांश लघुवित्तकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको