Like us!
Follow us!
Connect us!
Watch us!

किन उडे ऊर्जा मन्त्री शाही अष्ट्रेलिया ?

आइतबार, २५ भदौ २०७४, १५ : ५५ मा प्रकाशित

किन उडे ऊर्जा मन्त्री शाही अष्ट्रेलिया ?

अर्थ संसार, काठमाडौं–   ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही आठ दिने अष्ट्रेलिया यात्रामा निस्केका छन् । त्यो पनि दलबल लिएर । घोषित कुनै कार्यक्रम नभएपनि उनी आगामी असोज एक गते मात्रै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

भ्रमण दलमा संसद् मातहतको कृषि तथा जलस्रोत समितिका सभापति मोहन बराल, नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद समेत छन् । तर कार्यक्रम के हो र भ्रमणको प्रयोजनका बारेमा सार्वजनिक रुपमा केही बताइएको छैन ।

यही भदौ २४ गते आठ सदस्यिय टोली लिएर अष्ट्रेलिया उडेका मन्त्री शाहीको टोलीमा जल तथा ऊर्जा आयोगका सचिव मधु्सुदन अधिकारी, आयोगकै दुई कर्मचारी समेत सहभागी छन् ।

‘जलस्रोत क्षेत्रको अध्ययन भनेर मन्त्री ज्यूलगायतको टोली अष्ट्रेलिया गएको छ, कार्यक्रम के हो हामीलाई पनि जानकारी भएन’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने ।

नेपाल विद्युत् प्राधिकरणको नियमित काम कारवाहीलाई समेत हस्तक्षेप गरेको भन्ने आरोप लागेका मन्त्री शाहीको अष्ट्रेलिया भ्रमणलाई शंकास्पद ठानिएको ऊर्जाकै एक अधिकारीले बताए ।  

प्राधिकरणका अधिकाशं आयोजना समस्यामा फसेको, आगामी हिउँदमा लोडसेडिङ फर्कने आशंका कायम रहेको र अन्य नीतिगत विषयमा समेत महत्वपूर्ण निर्णय गर्ने समयमा मन्त्री शाही विदेश उडेपछि सबै काम रोकिने भएका छन् ।

मन्त्री शाहीको सचिवालयले भने जलस्रोत क्षेत्रको विकास र विस्तारका विषयमा महत्वपूर्ण अध्ययन गर्ने लक्ष्यका साथ अष्टे«लियाको भ्रमणमा गएको जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको