सरकारी बैंकमा नै होस् या निजी बैंकमा । यता चाहेँ नागरिक सञ्जय कोषमा नै किन न होस् । सर्वसाधारण जनता विश्वासको भरमा आफ्नो जीवनभरको लगेर त्यहाँ राख्छन् । तर बैंक तथा सञ्जय कोषका कर्मचारीले शुन्य प्रतिशतदेखि ५ प्रतिशत ब्याजमा सहुलियत कर्जा पाउँछन् । एउटै कर्मचारीले बिना धितो २० लाखदेखि करोडसम्म कर्जा लिन्छन् ।
यसरी, आफुले बैंकबाट सहुलियतमा निकालेको कर्जा ब्याज खानका लागि कर्मचारीहरु १६ देखि २२ प्रतिशत ब्याजमा सहकारीमा जम्मा गर्छन् । यता आफुहरु पनि बिचमा बसेर नाफा भएको रकम खान्छन् ।
तर, पछिल्लो समय सहकारीहरु सबै चुलुम्म डुबेपछि वा भागाभाग भएपछि अहिले ती कर्मचारीहरुले बैंक तथा सञ्जय कोषको ऋण तिर्न सकेका छैनन् । चुक्टा खान गएकी बुढी झोलमै डुबेर मरे भनेझैँ यिनीहरलाई पनि अहिले यस्तै भइरहेको छ ।
अहिले बैंक तथा सञ्जय कोषकै कर्मचारीहरु बैंक डुबाउन लागिपरेका छन् । ठुलो रकममा महिनाको १० देखि १५ प्रतिशत बढी नाफा कमाउन पाउँदा यीनीहरुले महिनाकै लाखसम्म ब्याज पाउन्थे । यसरी करोड रकम राखेपछि काम नै नगरी बसिबसि महिनामा लाखौँ रकम कमाइन्थ्यो । तर, बैंकमा जम्मा गरेको रकम सर्वसाधारणको हो ।
यता सर्वसाधारण थोरै ब्याजमा आफ्नो रकम बैंकमा राख्ने अनि बैंकका कर्मचारीहरु त्यँही रकमको प्रयोग गरी धनी बन्ने । यता कति बैंकका कर्मचारीहरु सस्तो ब्याजमा कर्जा लिएपछि कि त मिटरब्याजमा पैसा लगानी गर्ने होइन भने सेयर तथा घरजग्गा । यसरी यीनीहरुले जनताकै पैसामा मोजमस्ती गर्ने र रमाउने ।
कति सहकारीमा बैंकका कर्मचारीले नै लगानी गरेका छन् । यता बैंकमा जागिर खाने अनि सर्वसाधारणले बैंकमा राखेको रकम सहकारीमा ल्याएर मिटरब्याजमा लगानी गर्ने । तर, अहिले सहकारीले करोडौँ बचतकर्ताको २० खर्बो रकम डुबाएर बचतकर्तालाई घर न घाटको बनाइदियो ।
पछिल्लो समय देशका आधाभन्दा बढी सहकारीहरु भागिसकेका छन् त नभागेकाहरु समस्याग्रस्त छन् । अहिलेकै कारण बचतकर्ताहरु आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । सहकारीमा एउटै बचतकर्ताको १० हजारदेखि १० करोडसम्म डुबेको छ । तर, घरजग्गा, गाडी, सेयरलगायत वस्तुहरु बेचेर वा आफुले जीवनभर कमाएको रकम राख्नेहरुको अहिले बिचल्ली भएको छ ।
पहिला विश्वासको आडमा सहकारीमा बचत गर्नेहरुको अहिले सहकारीबाट विश्वास उठिसकेको छ । त्यसैले, अहिले सहकारीमा पैसा राख्नेको भन्दा पनि निकाल्नेको लाम छ । यता सहकारीका सञ्चालकहरु कति देश छोडेर हिडिँसकेका छन् त कति लुकीलुकी ।
अहिले सञ्चालनमा रहेका सहकारीहरुले पनि सर्वसाधारणलाई विश्वास दिलाउन सक्ने छैनन् । अब नभागेका सहकारीहरु पनि केही दिनमै टाट पल्टिने छ । यता सहकारीमा पैसा निकाल्न गएका बचतकर्ताहरु कुनै रुइरहेका हुन्छन् त कुनै कराइरहेका । सहकारीले धेरैको अहिले कन्तबिजोग बनाएको छ ।
हाल सञ्चालनमा रहेका सहकारीमा हेर्दा त्यँहा चुनावमा मतदान गर्न बसेको हो कि, खानेपानी, बत्तीलगायतको बिल भुक्तान गर्न बसेको हो कि , कुनै कलाकार आएको हुनाले सबैतिर लाइन लागेर बसेको हो कि जस्तो लाग्छ । सहकारीले पैसा फिर्ता नगरेपछि अहिले धेरै सहकारीका सामानहरु बचतकर्ताले आफ्नो घरतिर लगिसकेका छन् ।
अहिले सहकारीका बजार प्रतिनिधिहरु पैसा उठाउन हिडेपनि कोही पनि सुको रकम राख्दैँनन् । पहिला दिनहुँ लाखौँ रकम सहकारीमा जम्मा गर्नेहरुले अहिले सय रुपैयाँसमेत सहकारीमा राख्दैँनन् । पछिल्लो समय भूरादेखि बूढासम्मले सहकारीमा भएको बेथितिका बारेमा थाहा पाइसकेका छन् ।
एक वर्षको अवधिमै सहकारीहरु भागे र नभागेकाहरु पनि डुब्न थाले । अब सहकारीको दर्ता खारेज गर्नुपर्छ भनेर सर्वसाधारणले सरकारसमक्ष माग गरिसकेका छन् । सहकारीहरु यसरी भागेपछि र बचतकर्ताहरुको बिल्लीबाँठ भएपछि यसबाट सरकार र बचतकर्ता दुवैले पाठ सिक्नुपर्छ ।
एक वर्ष अघिसम्म हाम्रो सहकारी बलियो छ वा हामीले यति जनालाई रोजगारी दिएका छौँ भनेर भन्नेहरु अहिले कर्मचारीलाई तलब दिन नसकेका, घरभाडा तिर्न नसकेर र बचतकर्ताको रकम फिर्ता गर्न नसकेर भागिसकेका छन् । तर, अब यो अवस्था बैंकमा आउने छ । बैंकका बचतकर्ताहरुको पनि बचत डुब्ने निश्चित भइसकेको छ ।
किनकि बैंकको रकम बैंककै कर्मचारीले चलाएका छन् । तर, त्यो रकम आज उनीहरु फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । यता बैंकमा धितो राखेर कर्जा लिएका व्यवसायीहरुले बैंकको साँवाब्याज तिर्न छोडिसकेका छन् त बैंकविरुद्ध आन्दोलन चर्कोइरहेका छन् ।
बैंकबाट ऋण लिने सबै व्यवसायीहरुले बैंकबाट लिएको ऋणको साँवाब्याज तिर्न सक्दैनौँ भनेर आन्दोलन सुरु गरिसकेका छन् । अबको एक वर्षपछि सहकारीजस्तै बैंक पनि बन्द हुने छ । सहकारीमा हिजो आँखा चिम्लेर बचत गर्दा आज बचतकर्ताको बिजोग भयो तर अब बैंकमा बचत गर्नेहरुको पनि यस्तै हुन्छ भनेर सर्वसाधारणले बुझिसकेका छन् ।
अहिले बजारमा घरजग्गा, गाडी र सेयरमा मन्दी आएको छ । यीनीहरुको किनबेच नै छैन । यति मात्र नभई हाल सञ्चालनमा रहेका होटल व्यवसायीदेखि हरेक व्यापारव्यवसायमा अहिले मन्दी आएको छ । यता निजी क्षेत्रहरु भने घरभाडा तिर्न नसकेर वा कर्मचारीलाई तलब दिन नसकेर रुवाबाँस छ ।
बैंक डुब्ने निश्चित भएपछि अहिले कति बैंकका सिइओहरुले राजीनामा दिएका छन् त कति दिने तयारीमा छन् । यता आफन्तजनहरुले पनि बैंकमा रकम जम्मा नगर्न सुझाव दिइसकेका छन् । ३२ सयमा किनेको एक कित्ता सेयरको मूल्य अहिले १८ सयमा आइपुग्यो तर १८ सयबाट पनि घटेर सय रुपैयाँमा आउँछ भनेर मानिसहरु बताउँछन् ।
यता आनाको ६० लाखमा किनेको जग्गा त्यसको आधा मूल्यमा बिक्री गर्छुभन्दा पनि बिक्री हुदैँन । दुई वर्षअघि ५० लाख हालेर किनेको गाडी अहिले ५० लाखमा बिक्री हुदैँन । अहिले सहकारी भाग्यो वा डुब्यो भन्दाभन्दै बैंक पनि डुब्ने अवस्थामा पुगेको छ । मानिसहरु दिन गएपछि रात आउँछ भन्थे ।
त्यसरी नै हिजो सहकारी भाग्दा बैंकहरु अब उक्त रकम हामी कहाँ आउँछ भनेर खुशी नै हुन नपाउँदै बैंक पनि डुब्ने अवस्थामा आइपुग्यो । अहिले अधिकांश बैंकहरु घाटामा गइरहेका छन् । उनीहरुले न सेयर लगानीकर्तालाई बोनस नै दिन सकेका छन् न कर्मचारीलाई भनेको समयमा तलब ।
अहिले बैंकले १६ देखि १८ प्रतिशतसम्म ब्याज दिन्छुभन्दा पनि बचतकर्ता रकम राख्दैँनन् । यता बैंकको ऋण तिर्न नसकेर आत्महत्या गर्नेको संख्या हवात्तै बढेपछि अहिले मानिसहरुले बैंकबाट ऋण पनि लिन छोडिसकेका छन् । बैंकले करोडको धितो राखेर ५० लाख रुपैयाँ ऋण दिने तर त्यो दिएबापतपनि ५ लाख ब्याज लिने । यता मानिसअनुसार ब्याज १८ प्रतिशतदेखि ४८ प्रतिशतसम्म लिने ।
तर, तीन कित्ता नतिर्नेबित्तिकै ऋणको नाम पत्रपत्रिकामानिकाली कालोसूचीमा राखेर करोडको धितो ४५ लाखमा खाने । पहिला सहकारीहरुले
यसरी सर्वसाधारणलाई ठग्दाठग्दै
मानिसहरुले सहकारीमा पैसा राख्न र ऋण लिन दुवै छोडे । तर अहिले बैंकको पालो आएको छ । सहकारीहरुले एक लाख रुपैयाँ कर्जा दिँदा पनि २० हजार रुपैयाँ घुस मात्रै खान्छन् भनेर सर्वसाधारण बताउँछन् । हिजो करोड मूल्य पर्ने धितो भएकाहरु वा अर्बपति भएकाहरु आज सहकारी र बैंककै कारण सडकपति भएका हुन् ।
अहिले जनताको नजरमा सहकारी ठग, चोर हो भनेर प्रमाणित भइसकेको छ तर राज्य अहिले पनि यीनीहरुलाई कारबाही गर्न लागिपर्दैन । राज्यले यसप्रति ध्यान नदिँदा र आवश्यक ऐनकानून नबनाउँदा आज ऋणी त आत्महत्या गर्नुपर्ने अवस्थामा पुगे नै तर बचतकर्तासमेत मर्नुपर्ने अवस्थामा पुगेका छन् ।
अहिले बैंक तथा सहकारीबाट ऋण लिएकाहरु ऋण नतिर्नका लागि एकजुट भएका छन् । यता घुस खाएर हिजो ठुल्ठुल्ला कर्जा प्रवाह गर्ने बैंक तथा सहकारीका सञ्चालकहरु आज ऋणीले कुट्छ कि भनेर लुकीलुकी हिडेका छन् । एक वर्षअघि एउटा सहकारी डुब्दा अन्य सहकारीका बचतकर्ताहरु त्यसको सहकारी त डुब्यो तर हाम्रो सहकारी त बलियो छ भन्दै अरुको दुःखमा हाँस्नेहरु आज त्यही पीडाबाट गुञ्जिरहेका छन् ।
तर, अहिले सर्वसाधारणले बैंक डुब्छ भनेर थाहा पाइसकेका छन् त बैंकले पनि सहकारीपछि हाम्रो पालो भनेर महसुस गरिसकेका छन् । सवारी लाइसेन्स लिँदा ढिलो जाँदा राम्रो कि चाँडो जाँदा राम्रो भनेर सोधिएझैँ बैंक तथा सहकारीहरुले चाँडै नाफा कमाउने लोभमा बचतकर्तालाई थोरै ब्याज दिई ऋणीलाई महंगो ब्याजमा त्यँही रकम लगानी गर्यो ।
यता पाँच रुपैयाँ किलोमा बिक्री नहुने फलामलाई भारतले गाडी बनाएर बेच्यो त बैंक तथा सहकारीले त्यँही गाडीलाई लाखौँ रुपैयाँ कर्जा दियो । उता बैंक आफैँले सय रुपैयाँमा निष्काशन गरेको सेयरलाई २५ सयसम्म कर्जा दिइयो । तर, सरकारले २० हजारसमेत नतोकेको जग्गालाई दलालीको लौँलौँमा लागेर त्यँही जग्गालाई लाखौँ रुपैयाँ कर्जा दियो ।
यसरी बैंक, फाइसन्स र सहकारीहरु चुलुम्मै भए त बचतकर्ताको रुवाबाँस बन्यो । अब अरु डुबेको देखेर पाठ सिकौँ र आफ्नो भएको रकम वित्तिय संस्थाबाट निकालौँ । साथै, अरुलाई पनि डुब्नबाट जोगौँ ।-रुषा थापा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस