कोशी प्रदेश सरकारले अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । मंगलबार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले अम्बे कोशी सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।
गत १८ पुसमा वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो । मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेका अनुसार समस्याग्रस्त घोषणा भएको अम्बे कोशी सहकारीको सम्पूर्ण व्यवस्थापन सरकारले गठन गरेको समितिले गर्नेछ ।
इटहरीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले विराट चोक, विराटनगर र दमकका १३ हजारभन्दा बढी सर्वसाधरणको ६१ करोड बढी बचत अपचलन गरेको कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले जानकारी दिएको छ । कोशी प्रदेश सरकारले गत पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबन्धु थापाको नेतृत्वमा संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो । उक्त समिति गठन भएको पाँच दिनपछि अम्बे सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो । कुनै सहकारी संस्था वा संघलाई समस्याग्रस्त संस्था वा संघको रूपमा घोषणा गरिएकोमा त्यस्तो संस्था वा संघको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न व्यवस्थापन समिति गठन गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस