Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति निर्वाचन: दावी विरोधपछि आज अन्तिम नामावली प्रकाशन गरिने

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, १२ : २७ मा प्रकाशित

राष्ट्रपति निर्वाचन: दावी विरोधपछि आज अन्तिम नामावली प्रकाशन गरिने

राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ। मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका निर्वाचन आयोगको छ।

आयोगको निर्वाचन कार्यतालिका अनुसार भोलि उम्मेदवारी दर्ता हुनेछ। राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ।

दावी विरोध र उजुरीमा कुनै निवेदन नपरेको आयोगले जनाएको छ । कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न भने निवेदन परेको छ। अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उता राष्ट्रपतिमा राष्ट्रिय सहमति नजुट्दा राजनीतिक दलहरु दिनदिनै बैठकमा व्यस्त छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको