Like us!
Follow us!
Connect us!
Watch us!

उपराष्ट्रपतिको निर्वाचनः अयोगद्वारा सम्पूर्ण तयारी पूरा

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १३ : ५८ मा प्रकाशित

उपराष्ट्रपतिको निर्वाचनः अयोगद्वारा सम्पूर्ण तयारी पूरा

चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोग र निर्वाचन अधिकृतको कार्यालयले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी उक्त विषयको जानकारी दिएको हो । 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन सबै पक्षलाई आयोगले आग्रह समेत गरेको छ । भोली हुने उप राष्ट्रपतिको निर्वाचन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई समेत अयोगले आग्रह गरेको छ । 

आयोले जारी गरेको विज्ञप्ति यस्तो छ : 

निर्वाचन आयोगको २०७९ माघ १६ गतेको निर्णय अनुसार भोलि चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोग र निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग सम्बन्धित सबै पक्षमा आग्रह गर्दै मतदानका दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई आयोग अनुरोध गर्दछ । 

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनकोे ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु भइरहेको अवस्था छ । 

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत सोसँग सम्बन्धित कुनै पनि प्रकारका बैठक, छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय गर्न, सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरू पालना गर्न÷गराउन सम्बन्धित उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुनः आग्रह गर्दछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको