देश तथा विदेशको दुर(दराजमा रहेका र नेपालमै रोजगारीको लागि भौतारीईरहेका युवाहरुलाई लक्षित गरि भर्चुअल माध्यायमबाट रेकर्डेड तयारी कक्षाहरु बिध्यार्थीहरुको हात हातमा पुर्याउने लक्ष लिएर संचालन गरिएको नेपालको पहिलो ई-लर्निंग प्लेटफर्म ओटीस (OTTISH) नेपालमा भएको पहिलो लक्डाउन अगाडी नै संचालनमा आएको हो भने यसलाई नेपालकै प्रतिष्ठित पेशामा रहेका युवा चार्टर्ड एकाउन्टेन्टहरुको समुहले नेपालि बजारमा उदय गराएका हुन् ।
संचालनको सुरुको दिनहरुमा भर्चुअल माध्यायम बाट घरमै बसेर पनि पढ्न मिल्छ भन्ने कुरा बिध्यार्थीहरुले सुन्दा अचम्म मान्ने गर्थे तर कोभिड महामारीको बेला जुम, मिट र टिम जस्ता अनलाईनबाट कन्फेरेन्स र मिटिंग गर्न मिल्ने प्लेटफर्महरुको बढ्दो प्रयोगले नेपालि बजारमा पनि उत्तिकै चर्चा पायो र त्यो बेलाबाट बिद्यार्थीहरुमा घर बसेरै पनि पढ्न मिल्दो रहेछ भन्ने कुरा स्पस्ट थाहा पाए ।
सुरुको दिनहरुमा लोकसेवाले लिने प्रतिष्पर्धात्मक परीक्षाको तयारी गराउनको लागि आफ्नो सेवा केन्द्रित गरेको ओटीसले बिद्यार्थीहरुको माग बमोजिम शिक्षक सेवा आयोग, बैंकिंग सेवा, इन्जिनियरिंग सेवा, संस्थान तर्फका सेवा, भाषा कक्षा, चार्टर्ड एकाउन्टेन्सी कक्षा जस्ता विभिन्न कोर्षहरु गरि करिव दुई सय भन्दा बढी कक्षाहरु प्रदान गर्दै आइरहेको छ भने हाल यहाँ करिव ७० हजार भन्दा बढी बिद्यार्थीहरु ओटीस लर्निंग यापमा प्रत्यक्ष रुपमा जोडिएका छन् । निस्शुल्क देखि प्रिमियम मोडेलका रेकर्डेड कक्षाहरु प्रदान गर्दै आइरहेको ओटीसले पछिल्लो दिनहरुमा बिना इन्टरनेट अफलाइन बाट पनि कक्षा पढ्न मिल्ने गरि आफ्नो सेवा संचालन गरेको छ जसले गर्दा नेटवर्कको समस्या भईरहने ग्रामिण क्षेत्रका बिद्यार्थीहरुले अफलाइनबाट पनि कक्षा लिन पाउने भएका छन् ।
आफ्नै स्टुडियोमा भिडियो सुट गरेर तयार पारि रेकर्डेड मोडेलमा प्रदान गरेका भिडियो कक्षाहरुमा प्रशिक्षकहरुको एकतर्फी प्रश्तुति हुने हुँदा बिद्यार्थीहरुले आफ्ना जिज्ञासा सोहि समयमा प्रशिक्षकहरु मार्फत समाधान गर्न नमिल्ने कुरालाई मध्यनजर गर्दै याप भित्र कमेन्ट गरेर प्रश्न सोध्न सक्ने सुबिधा रहेको छ भने उक्त प्रश्न र जिज्ञासाको समाधानको लागि प्रशिक्षकहरु जुम मिटिंग मार्फत उपस्थित भई समाधान गर्ने गरेका छन् जसले गर्दा बिद्यार्थीहरुले तयारी सामाग्रीहरु आफ्नो समयमा आफुले चाहेजति पटक, चाहेको पाठ चुनेर पढ्न पाउँछन् र आफुलाई लागेको जिज्ञासा सम्बन्धित सेसनमा उपस्थित भएर निराकरण गर्दछन।
बिद्यार्थीहरुले आफुले खरिद गरेको कोर्षमा नोट र थप अध्ययन सामग्री याप भित्रै प्राप्त गर्ने गर्छन भने बस्तुगत परिक्षा को माध्यायम बाट आफ्नो स्व-मुल्यांकन गर्नको लागि यापमा नै अनलाइन परिक्षा दिएर तुरुन्त आफ्नो रिजल्ट थाहा पाउन सक्छन । यसरि परिक्षा दिदा आफुले दिएको परीक्षाको सहि उत्तर सहित बिगारेको प्रश्नको पनि ठिक उत्तर कुन हो र किन ठिक भयो भनेर समेत कारण सहित हेर्न पाउने व्यवस्था यापमा रहेको छ ।
ओटीसले आफ्नो स्थापना देखिनै गरिव तथा जेहेन्दार र शारीरिक अपांगता भएका बिद्यार्थीहरुलाई तयारी कक्षाहरुमा आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएकोमा अहिले सम्म ५ दर्जन भन्दा बढी बिद्यार्थीहरु छात्रवृतिमा तयारी गरिसकेका छन् भने केहिले आफ्नो जागिर पनि सुरु गरिसकेका छन् । नेपालमा पहिलो पटक यो अवधारणाबाट शिक्षण सेवा सुरु गरेको ओटीसले बिदेशी प्लेटफर्मजत्तिकै सेवा प्रदान गरेको र आफु पनि कतारमा रहदा ओटीसबाटै तयारी गरेर अहिले माध्यमिक शिक्षकमा सिफारिस भएका सफल बिद्यार्थी रमेश बोहरा बताउछन ।
आफ्नो घरमै बसेर देशको अर्को कुनामा रहेको कुशल सहजकर्ताको साथमा प्रतिष्पर्धात्मक परीक्षाको तयारी गर्न पाउँदा समय र पैसाको बचाऊ भएको र भौतिक कक्षाभन्दा प्रभावकारी पढाई भईरहेको अधिकांस बिद्यार्थीहरु बताउछन ।
पढ्नको लागि अरुको भर पर्नु नपर्ने, चाहेको बेला जतिसुकै पटक पनि कक्षा लिन पाइने , अनावश्यक कुराहरुको पहुचमा नपुगिने , लागेको जिज्ञासा समाधानको लागि बेग्लै प्लेटफर्म उपलब्ध हुने साथै अफलाइन बाट समेत कक्षा पढ्न पाइने सुविधाले गर्दा पछिल्लो समय भौतिक र जुमबाट हुने कक्षाहरुलाई पछी पार्दै ओटीसको रेकर्डेड कक्षाहरु बिद्यार्थीहरु माझ लोकप्रिय बन्दै गईरहेको छ ।
अनुभवी लेखक तथा सम्बन्धित विधाका प्रखर प्रशिक्षकहरुलाई मात्र आफ्नो प्लेटफर्ममा स्वागत गर्ने संस्कार बनाएको ओटीसमा अधिकांस प्रशिक्षकहरु बिद्यार्थीहरुले रोजेका र खोजेका प्रशिक्षकहरु रहेका छन् । २०७८ सालमा मात्र ओटीस बाट अध्ययन गरि तयारी गरेका हजारौं जना बिद्यार्थीहरु निजामती सेवा, शिक्षक सेवा र अन्य सेवाको लागि सिफारिस भईसकेका छन् जुन ओटीसको लागि पनि ठुलो सफलता हो ।
ब्यवस्थापनमा प्रखर मानिने चार्टर्ड एकाउन्टेन्टहरुको टिमले व्यवस्थापन गरेको यस प्लेटफर्मले बिद्यार्थीहरुको बढ्दो बिश्वासलाई गिर्न नदिई प्रविधिको प्रयोग संगै प्रशिक्षकहरुका बौद्धिक भिडियो सामग्रीहरुको उच्चतम सुरक्षा गर्दै बिद्यार्थीहरुको मर्म र समस्याहरुलाई बुझी आफ्नो सेवा अझै चुस्त बनाउनु अबको प्रमुख चुनौती रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस