Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आयोगले भन्यो- राष्ट्रपतिमा उम्मेद्‍वारी दिएका पौडेल र नेम्वाङको विरोधमा कुनै उजुरी परेन

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १६ : २८ मा प्रकाशित

निर्वाचन आयोगले भन्यो- राष्ट्रपतिमा उम्मेद्‍वारी दिएका पौडेल र नेम्वाङको विरोधमा कुनै उजुरी परेन

निर्वाचन आयोगले राष्ट्रपति पदका लागि हिजो उम्मेदवारी दर्ता गराएका रामचन्द्र पौडेल र सुवास नेम्वाङको विरोधमा कुनै पनि उजुरी नपरेको जनाएको छ । राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुँदैछ ।

राष्ट्रपतिका उम्मेदवारद्धय पौडेल र नेम्वाङ पूर्व सभामुख हुन् । पौडेल कांग्रेस, माओवादीलगायत आठ दलका साझा उम्मेदवार हुन भने नेम्वाङ एमालेका उम्मेदवार हुन् । दुवै उम्मेदवारले आफूलाई निर्वाचित गराउनको लागि पहल थालेका छन् । एमालेले त संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दललाई पत्र लेखेर नेम्वाङलाई निर्वाचित गराउन आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको