Like us!
Follow us!
Connect us!
Watch us!

मगर दिवसमा सार्वजनिक बिदा

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, ०८ : १९ मा प्रकाशित

मगर दिवसमा सार्वजनिक बिदा

पाल्पाका दश वटै स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । मगर समुदायको एकता दिवस परेको भन्दै जिल्लाका दुई नगरपालिकासहित दश स्थानीय तहले स्थानीय बिदाको घोषणा गरेका हुन् । 

नेपाल मगर सङ्घ स्थापनाको ४१ औँ मगर दिवस जिल्लाभर विविध कार्यक्रमसहित मनाइँदै छ । मगर समुदायको बाहुल्यता रहेको पाल्पामा उनीहरूले आफ्नो भाषा, कला, संस्कृति संरक्षणका लागि विविध कार्यक्रम गर्दै ४१ औँ राष्ट्रिय मगर एकता दिवस मनाउन लागेको हो । 

त्यसै गरी गुल्मी जिल्लाका तीन स्थानीय तहले (सोमबार) आज सार्वजनिक बिदा दिएका छन् । राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको चन्द्रकोट, काली गण्डकी र सत्यवती गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै बिदा दिएका हुन् ।

बिदामा वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्था तथा सङ्घ संस्थाहरू बन्द रहनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको