Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसले प्रचण्डलाई धोका दिने ठाउँ कहीँपनि छैन्, दुईतिहाईको विश्वासको मत पुर्याउँछौंः मिन विश्वकर्मा

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, १० : ४७ मा प्रकाशित

कांग्रेसले प्रचण्डलाई धोका दिने ठाउँ कहीँपनि छैन्, दुईतिहाईको विश्वासको मत पुर्याउँछौंः मिन विश्वकर्मा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनैपनि हालतमा धोका नदिने स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा दुई तिहाई बहुमत पुर्याउने आफूहरुको तयारी रहेको पनि सुनाए ।
 
हिजो (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् । फागुन २५ गते कांग्रेसले राष्ट्रपति पाएपछि ठूलो दलको हिसाबले कांग्रेसले सरकारको नेतृत्व गर्नसक्ने पनि चर्चा भएको छ भन्ने प्रश्नमा विश्वकर्माले भने–‘विगतमा अप्रत्यासित कुरा भएका हुन् । प्रधानमन्त्री प्रचण्डज्यूको अभिव्यक्तिमा राष्ट्रिय सहमति हुन्छ भन्ने कुरा नै मैले बुझेको छु, उहाँको चाहना भनेको संविधान र व्यवस्था बचाउने हो, त्यो गठबन्धनको पनि चाहना हो । अहिले यही आधारमा अघि बढ्छौं । कांग्रेसले प्रचण्डलाई धोका दिने ठाउँ कहीपनि छैन् । विश्वास नै नहुँदा त विश्वासको मत दियौं भने विश्वासको यात्रा सुरु भएको छ, अब आठ दलको मत हुन्छ । दुई तिहाईको विश्वास अघि पुर्याउने पक्षमा छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि नै सरकारको स्वरुप निर्धारण हुने सुझाए । उनले भने,‘फागुन २५ गतेको राष्ट्रपतिको लागि हुने मतदानको प्रकृतिअनुसार सरकारको स्वरुप निर्धारण हुन्छ । प्रधानमन्त्रीले राष्ट्रिय सहमति गराउँछु भन्नुभएको छ । राष्ट्रिय सहमतिको समय अझै छ । सहमति भएन भने सरकार बनाउने कुरा र भत्काउने कुरा त चलिरहन्छ । यो कुरा अघि एमालेका साथी माधवजीले पनि भन्नुभएको छ, म भन्छु बरु यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाऔं ।’

उनले नेपालको राजनीति चुनावअघि र पछि फर्केर हेर्नुपर्ने पनि बताए । उनले भने–‘प्रधानमन्त्री प्रचण्डजीले भनेपछि कांग्रेसले विश्वासको मत दिएको थियो । हामीले त मत नै दिएको हो नि, विश्वासको मत किन नदिने ?, त्यही भएर मत दियौं । उहाँले त्यही विश्वासको मतको जगमा बसेर राष्ट्रिय सहमति बनाउने प्रयास गर्नुभयो । यो स्वभाविक थियो । राष्ट्रिय सहमति कायम गर्ने कुरा अब फागुन २५ गतेसम्म एमालेको खुट्टामा बल छ । निर्वाचनमा शैक्षिक योग्यता र आफ्नो पार्टीको विशेषता भन्दापनि टाउको गनिन्छ । लोकसेवाले परीक्षा लिने हो भने सुवास नेम्वाङ पास हुनुहोला । तर, राजनीतिक परीक्षामा रामचन्द्र पौडेल नै पास हुनुहुन्छ । सुवास नेम्वाङको उम्मेदवारी फिर्ता गराएर राष्ट्रिय सहमतिको कुरा गरौं । रामचन्द्र पौडेललाई निर्विरोध राष्ट्रपति बनाउनुपर्छ । प्रतिष्पर्धा गर्ने हो कुनै दल प्रतिपक्षमा बस्नुपर्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको