Like us!
Follow us!
Connect us!
Watch us!

अन्ततः रिहा भए पल शाह

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, ११ : ४९ मा प्रकाशित

अन्ततः रिहा भए पल शाह

बलात्कार मुद्दामा सफाइ पाएपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज थुनामुक्त भएका छन्। अभिनेता शाह आज (सोमबार) जिल्ला कारागार तनहुँबाट रिहा भएका हुन्।

हिजो (आइतबार) उच्च अदालत पोखराले उनलाई सफाइ दिएको थियो। नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको थियो।

एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा अभिनेता शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो ।

नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । जिल्ला अदालत तनहुँले शाहलाई सफाइ दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको