Like us!
Follow us!
Connect us!
Watch us!

लामो समय पछि पल शाहको नयाँ म्युजीक भिडियो सार्वजनिक

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, १७ : १६ मा प्रकाशित

लामो समय पछि पल शाहको नयाँ म्युजीक भिडियो सार्वजनिक

लामो समय पछी अभिनेता पल शाहले अभिनय गरेको भिडियो तिमीसंगै हुँदा सार्वजनिक भएको छ । लोकप्रिय गीतकार निशा शर्मा अर्यालको रचनामा तयार पारिएको गीत तिमीसँगै हुँदा ओेएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

तिमीसँगै हुँदालाई निर्देशक तथा कोरियोग्राफर दिनेश पाख्रिनले निर्देशन गरेका हुन । अभिनेता पल शाह कानुनी प्रकृया लम्बिदा लामो समय कुनै पनि भिडियो र फिल्ममा देखिएनन् । उनी कानुनी प्रकृया सकेर बाहिर आए लगतै दिनेश पाख्रिन निर्देशित भिडियोमा काम गरेका हुन । 

पहिले नै सम्झौता भए अनुसार पलले तिमीसँगै हुँदामा काम गरेका हुन ।  जनक कार्की नृत्य निर्देशक रहेको गीतमा पलसँगै कला राई फिचर्ड छन् । रोमान्टिक लभस्टोरी गीतमा सन्तोष श्रेष्ठको संगीत र प्रकाश मिश्रको मिक्सिङ रहेको छ ।  

निशा शर्मा अर्यालको शब्दलाई राजु कार्कीले एरेन्ज गरेका हुन  । गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको छ ।  यस्तै तिमीसँगै हुँदालाई राम केसीले खिचेका हुन भने सम्पादन, कलर र भिएफएक्स टेकेन्द्र शाहको रहेको छ ।  

चलचित्र निर्माता तथा निर्देशक समेत रहेका दिनेश पाख्रिनले तिमीसँगै हुँदाको भिडियोलाई धेरै लगानीमा निर्माण गरेको बताएका छन् । गीत सर्लाहीको बागमती आसपास छांयाकन गरिएको छ । गीतले आन्तरिक पर्यटन प्रवर्द्वनमा सहयोग पुग्ने निर्माण पक्षले जनाएको  छ ।  

पल शाहले लामो समय पछी भिडियोमा अभिनय गरे बापत ३ लाख पारश्रमिक लिने बताएका छन् । निर्देशक पाख्रिनले भने पहिले नै सम्झौता हुँदा झण्डै ३ लाख नजिक पारश्रमिक दिएको बताएका छन् । पलले यसपछी होम प्रोडक्शनको भिडियोमा काम गर्दैछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको