नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
आज (सोमबार) बसेको सचिवालयको आकस्मिक बैठकपछि एमालेले सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिएका हुन्।
राष्ट्रपतिमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने भएपछि एमाले असन्तुष्ट थियो । उसले ९ मार्चको राष्ट्रपति निर्वाचनसम्म पर्खने यसअघिको निर्णयलाई परिवर्तन गर्दै तत्काल सरकार छाड्न पुगेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस