Like us!
Follow us!
Connect us!
Watch us!

पौडेलका लागि भोट माग्दै देउवाले ओलीलाई पठाए पत्र

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, १० : २० मा प्रकाशित

पौडेलका लागि भोट माग्दै देउवाले ओलीलाई पठाए पत्र

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा भोट मागेका छन् । देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । 

देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हिजो (सोमबार) अपराह्न ओली निवास बालकोट पुगेर बुझाएका थिए ।

अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट मागेका थिए । 

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदै छ।  उक्त निर्वाचनमा नेपाली कांग्रेसका राम चन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुभाष चन्द्र नेम्वाङ उम्मेदवार छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको