Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले डाक्याे, एजीएम, बुकक्लाेज कहिले ?

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, १३ : २८ मा प्रकाशित

लाभांश पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले डाक्याे, एजीएम, बुकक्लाेज कहिले ?

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको फागुन १५ गतेका दिन बसेको सञ्चालक समितिको बैंठकले सभा चैत १८ गते बस्ने निर्णय गरेको हो ।

सभाले आर्थिक बर्ष २०७८/७९को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ८ दशमलव ५३४ बोनश शेयर र ० दशमलव ४४९ नगद लाभांस गरी कुल ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वित्तिय विवरण, वासलात, लेखापरिक्षण लगायतका अन्य महत्वपुर्ण प्रस्तावहरु पारित गर्ने छ । बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २८ गतेदेखि चैत १७ गते सम्म शेयर दाखिला खारेज बन्द रहेने भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको