सांग्रिला डेभलपमेन्ट बैंकले १० हजार ७७३ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको छ । संस्थापक सेयर बिक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो।
कम्पनीको सेयर खरीदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आगामी ३५ दिनभित्र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर खरीदका लागि कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरूले कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा दुबै कम्पनीको सेयर अन्य व्यक्ति तथा संस्थामा बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस