Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् सम्पत्ति विवरण नबुझाउने ११ सांसद

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, १३ : ४३ मा प्रकाशित

यी हुन् सम्पत्ति विवरण नबुझाउने ११ सांसद

प्रतिनिधिसभाका ११ सांसद्‍ले हालसम्म सम्पति विवरण बुझाएका छैनन्। उनीहरुले प्रतिनिधिसभामा निर्वाचति भएको ६० दिन भित्र सम्पति विवरण बुझाउनु पर्ने ऐन रहेको छ।

भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार सांसद्‍मा निर्वाचित भएपछि ६० दिनभित्र बुझाउनुपर्ने नियम रहेको छ।

हालसम्म पनि सम्पति नबुझाउनेमा सांसद्‍मा कांग्रेसका उदयशमशेर जबरा, अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद टेकबहादुर गुरुङ रहेका छन्।

यस्तै, एमालेका फरार सांसद् लक्ष्मी महतो कोइरी, राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी, नेपाल समाजवादी पार्टीका महीन्द्र राय यादव र राप्रपाका पशुपति शमशेर जबरा रहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको