आज (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना जारी गर्दै बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक आगामी राष्ट्रपति र उपराष्ट्रपति चुनावपछि बस्नेगरी चैत ५ गतेसम्मका लागि सारिएको जानकारी दिएका छन् ।
सार्वजनिक सूचनामा विशेष कारणवस बैठक सारिएको उल्लेख गरिएपनि नेपाली कांग्रेस र नेकपा (एमाले) दुबैले आफू प्रमुख विपक्षी दल भएको दाबी गरेपछि चैत ५ गतेसम्मलाई प्रतिनिधि सभा बैठक स्थगित गरिएको हुनसक्ने नेताहरुको धारणा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस