नेकपा (एकीकृत समाजवादी) पार्टीले राष्ट्रपति पदमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। पार्टीको अलोकनगरस्थित् केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका हुन्।
बैठकपछि सञ्चारकर्मीसँग उनले भने, “आज ५१ औँ सचिवालय बैठक बस्यो। आज एउटा मात्रै निर्णय गरेका छौँ। आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेका छौँ।”
समाजवादीले आठ दलको साझा उम्मेदवार पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा मतदान गर्ने निर्णय गरेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस