Like us!
Follow us!
Connect us!
Watch us!

उपकार लघुवित्तको साधारणसभा आज, बम्पर लाभांश सहित यी प्रस्ताव पारित हुने

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, ०६ : ४८ मा प्रकाशित

उपकार लघुवित्तको साधारणसभा आज, बम्पर लाभांश सहित यी प्रस्ताव पारित हुने

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको चौँथो वार्षिक साधारण सभा आज फागुन १८ गते,  बिहीबार बैजनाथ १, गाभर भ्याली (सामुदायिक होमस्टे), बाँकेमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा संस्थापक सेयरधनीको तर्फबाट २ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी कुल ४ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन ४ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले फागुन ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको