Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि ‘प्रभु स्मार्ट फन्ड’को बिक्री खुला

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, १० : ५२ मा प्रकाशित

आजदेखि ‘प्रभु स्मार्ट फन्ड’को बिक्री खुला

प्रभु क्यापिटलले आज फागुन १८ गते बिहीबारदेखि ‘प्रभु स्मार्ट फन्ड’ को बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई विक्री गर्न लागेको हो ।

कुल १ करोड १२ लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई र १ प्रतिशत दरको ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । 

बाँकी ६ करोड ८० लाख इकाई भने सार्वजनिक निष्कासनमा आएको हो । यो इकाई छिटोमा फागुन २३ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत ५ गतेसम्म लम्बिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । योजनाको इकाई निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले योजना व्यवस्थापकलाई मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी एएमसी क्वालिटी ३ रेटिङ प्रदान गरेको छ ।   

क्यापिटलकै व्यवस्थापनमा प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको रहेको छ । यस योजनाको आकार ८० करोड रुपैयाँको रहेको छ । योजनाको इकाई न्यूनतम ४ करोड विक्री हुनुपर्नेछ ।

न्यूनतम इकाई विक्री हुन नसकेमा योजना खारेज गरी १५ दिनभित्र आवेदकहरूको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरू गरिने क्यापिटलले जानकारी दिएको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको