राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा आठ दलीय गठबन्धनले सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन गरेका सांसदहरुलाई प्रशिक्षण दिने भएको हो ।
आठ वटै दलका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु प्रशिक्षणमा सहभागी हुने छन् । काठमाडौंको तीनकुनेस्थित रोयल व्यांक्वेटमा बिहीबार दिउँसो १ बजेदेखि अभिमुखीकरण कार्यक्रम हुनेछ । पार्टीका शीर्ष नेताहरुले सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस