Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको साधारण सभा आज

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १० : २९ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको साधारण सभा आज

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज शुक्रबार बस्दैछ । सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ६.०५२ प्रतिशत नगद गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । 
 
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सेयर संरचना परिमार्जन गरी ६०% संस्थापक सेयर र सर्वसाधारण सेयर ४०% कायम गर्ने प्रस्ताव पनि पेश हुनेछ ।   
 
साधारण सभा तथा लाभांश प्रयोजनका लागि संस्थाले फागुन १० गते बुक क्लोज गरिसकेको छ । सो अनुसार फागुन ९ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको