स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको २१औं वार्षिक साधारण सभा फागुन १९ गते बिहानको १०ः३० बजे लैनचौर ब्यान्क्वेट, लैनचौर, काठमाडौंमा सम्पन्न भएको हो।
संस्थाको संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७८/७९ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ ।
त्यस्तै संस्थाको लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७८/७९ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गरिनेछ ।
त्यस्तै आ.व. २०७८/७९ सम्मको मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम चुक्तापूँजीको ६.०५२६ % ले हुन आउने रकम रु।६,७९,२०,८१६ (अक्षरेपी छ करोड उनासी लाख बीस हजार आठ सय सोह) नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर सहित) सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम सेयरधनीहरुलाई वितरण गर्न स्वीकृत गरिनेछ ।
त्यस्तै ४० बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ ९२० तथा कम्पनी ऐन, २०६३ को दफा १११ (३) अनुसार आर्थिक वर्ष २०७९/८०को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गरिनेछ।
यस्तो छ संस्थाले जारी गरेको सूचना:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस