ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडले आज फागुन २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी साठ्ठी करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ रकम बराबरको १०० रुपैयाँ अंकित दरका १८ लाख कित्ता साधारण शेयर मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गा.पा. वडा नं. ३ (साविक आङखोप गा.वि.स वडा नं ३, ६, ८, ९), पाँचथर जिल्लाको याङवरक गा.पा., वडा नं. २ (साविक फलैचा गा.वि.स. वडा नं. १) र वडा नं. ३ (साविक ओयाम गा.वि.स. वडा नं २) का स्थानियवासीहरुका लागि निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
त्यस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख २० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। ।
कति दिने आवेदन ?
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताले छिटोमा चैत्र ५ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आवेदन दिने म्याद चैत २० गतेसम्म लम्बिनेछ ।
कहाँबाट दिने आवेदन ?
स्थानिय बासिन्दाले आयोजना स्थल, सिद्धार्थ बैंक, सिभिल बैंक,लक्ष्मी बैंक, सप्तकाेशी डेभलपमेन्ट बैंक र नेपाल एसबिआइ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् त्यसैगरी, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्न प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
काे हाे बिक्री प्रबन्धक ?
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैकिंङ लिमिटेड रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस